जोडिनुहोस
  • होमपेज
  • समिति बैठकमा उपसभामुखको पत्रका विषयमा छलफल गर्न माग

समिति बैठकमा उपसभामुखको पत्रका विषयमा छलफल गर्न माग

काठमाडौं । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले उपसभामुख इन्दिरा राना मगरको पत्रका विषयमा छलफल गर्न माग गरेका छन् । बुधबार सिंहदरबारमा जारी राज्य व्यवस्था तथा शुसासन समितिको बैठकमा संवेदनशील विषय भन्दै छलफलको माग गरेका हुन् ।

“उपसभामुखसँग जोडिएको नेपाली व्यक्ति अमेरिका पठाउन पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएको छ । समितिमा उजुरी आएको कुरा छ,” उनले भने, “यो विषय समितिमा जानकारी आओस् र आवश्यक छलफल होस् । यो संवेदनशील विषय हो ।”

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जान उपसभामुख रानाले पाँचजनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तिमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका