जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा मात्रै एक करोड ६ लाख ४३ हजार १७२ भेटी संकलन भएको थियो । पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार ५०० र फागुनमा ५५ लाख ६० हजार ८८० भेटी संकलन भएको समितिले जनाएको छ ।

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार १५० भेटी संकलन भएको उनले जानकारी दिए । पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार ४००, जेठमा १५ लाख ६५ हजार ९६५ र असारमा १६ लाख ८८ हजार ९०० भेटी संकलन भएको छ ।

गत आवमा दुई लाख ३१ हजार ३३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका