जोडिनुहोस
  • होमपेज
  • समकक्षताका निम्ति पाँच हजार घुस लिने केन्द्रका कर्मचारी निलम्बनमा

समकक्षताका निम्ति पाँच हजार घुस लिने केन्द्रका कर्मचारी निलम्बनमा

काठमाडौं । समकक्षताको प्रमाणपत्र लिने क्रममा पाँच हजार रुपैयाँ घुस लिने पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निलम्बन गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले घुस लिने कर्मचारीलाई सात दिनका निम्ति निलम्बन गरिएको जानकारी दिइन् ।

घटनाको छानबिनका निम्ति तीन सदस्यीय समिति गठन गरेको र समितिले प्रतिवेदन नबुझाएसम्म कर्मचारीलाई निलम्बन गरिएको उनले बताइन् । साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिने क्रममा केन्द्रका कर्मचारीलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए ।

पूर्वमन्त्री समेत रहेका सांसदले पाँच हजार घुस दिएको विषयलाई लिएर सो दिन प्रतिनिधिसभा बैठकमा विभिन्न टिप्पणी भएको थियो । यसबारे मन्त्रालयले सात दिनभित्र प्रतिवेदन बुझाउनेगरी साउन ७ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका