जोडिनुहोस
  • होमपेज
  • रूसमा हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

रूसमा हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

मस्को– रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको हो । प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।

युक्रेनको सीमाबाट करिब १५० किलोमिटर टाढाको जंगलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् । हेलिकप्टरको दुर्घटना प्राविधिक कारणले भएको वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताए । चालक दलका सदस्य कति थिए भन्ने अझै खुल्न सकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका