जोडिनुहोस
  • होमपेज
  • हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधव नेपाल

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एकीकृत समाजवादीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुनिँदै छ भन्ने सुन्नमा आएको बताएका हुन् ।

त्यसबारे यकिन भइनसके पनि चनाखो हुनुपर्नेमा उनले जोड दिए । उनले षड्यन्त्रविरुद्ध गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने भन्दै सचेत गराए । उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका