जोडिनुहोस
  • होमपेज
  • यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)

यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)

काठमाडौं- यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ ।

माल्दिभ्सको मालेमा यू-२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो ।च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेलेको थियो । जसमा नेपाल ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।

नेपाल फर्किएपछि यू–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको बताइन्। उनले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो नतिजा दिन नसकेको बताइन् ।

च्याम्पियनसिपबाट धेरै अनुभव भएकाले आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताएकी छन् । नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका