
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट भुवन केसी बिदा भएका छन् । दुई वर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बोर्ड अध्यक्ष पदबाट बिदा भएका हुन् ।
उनको बिदाइमा बोर्डले कार्यक्रम राखेको थियो । बिदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालका उपलब्धीबारे जानकारी गराएका थिए । आफ्नो कार्यकाल सफल रहेको दाबी गरेका भुवनले आफू बोर्ड बाहिर रहे पनि सकेको सहयोग सधैँ गर्ने बताए ।