जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • विमान दुर्घटनाबारे छानबिन आयोगको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्छाैं : पर्यटनमन्त्री पाण्डे

विमान दुर्घटनाबारे छानबिन आयोगको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्छाैं : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गरिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सरकारले दुर्घटनाको छानबिनका लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरू उठेको उल्लेख गरे । चौतर्फीरूपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रिपरिषद्ले छानबिन आयोग बनाएको उनको भनाइ छ ।

“सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि सरकारले आयोग बनाएको छ । तर, चारैतिरबाट प्रश्नहरू आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरू किन पटक–पटक किन दोहोरिरहन्छ ? सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरू अभिशप्त हुन्छ । कारण के हो ? सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन ? सम्बन्धित निकायहरूले किन अपनाउन सकेनन् ? यसका व्यवस्थापकीय कमजोरी हुन् कि, प्राविधिक कमजोरी हो ? मानवीय लापरबाही हो कि ? भन्ने ढंगका प्रशस्त प्रश्नहरू आइरहेका छन्,” उनले भने ।

विगतमा पनि अध्ययन समिति बन्ने तर प्रतिवेदन कार्यान्वयन नहुने गरेको बताउँदै उनले यसपटक आयोगबाट आएको निष्कर्ष शतप्रतिशत कार्यान्वयन गरिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका