जोडिनुहोस
  • होमपेज
  • ड्रोन घटनापछि प्रिस्टमनलाई जिम्मेवारीबाट हटाइयो

ड्रोन घटनापछि प्रिस्टमनलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौ । न्युजिल्यान्डको प्रशिक्षणका दौरान ड्रोन उडाएको विषयमा क्यानडाको ओलम्पिक महिला फुटबल टिमकी प्रशिक्षक बेभेर्ली प्रिस्टमनलाई जिम्मेवारीबाट हटाइएको छ । ड्रोन घटनापछि उनलाई क्यानडा फुटबल फेडेरेसनले निलम्बित समेत गरेको छ ।

क्यानडा फुटबलले ‘विपक्षीको प्रशिक्षणका दौरान पछिल्लो २४ घण्टामा थप सूचना आएको’ भन्दै घटनाबारे कदम चाल्दै प्रशिक्षक प्रिस्टमनलाई निलम्बन गरेको जनाएको छ । इंग्ल्यान्डमा जन्मिएकी ३८ वर्षीय प्रिस्टमनले यसअघि ओलम्पिकको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध खेल्नुअघि आफ्नो नाम फिर्ता लिएकी थिइन् ।

ड्रोन घटनाकै कारण क्यानडा फुटबलले सहायक प्रशिक्षक जास्मिन मान्डर र एनालिस्ट जोसेफ लोबार्डीलाई घर फिर्ता बोलाएको थियो । क्यानडा फुटबलले जारी गरेको विज्ञप्तिमा निष्पक्ष रुपमा छानबिन हुने समयसम्मका लागि प्रिस्टमनलाई निलम्बन गरिएको उल्लेख छ । उनको स्थानमा सहायक प्रशिक्षक एन्डी स्पेन्सले क्यानडाको प्रशिक्षण जिम्मेवारी सम्हाल्नेछिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका