जोडिनुहोस
  • होमपेज
  • टीआरसी विधेयकमा तीन दलबीच जुट्यो सैद्धान्तिक सहमति

टीआरसी विधेयकमा तीन दलबीच जुट्यो सैद्धान्तिक सहमति

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धि विधेयक (टीआरसी)माथि प्रमुख तीन राजनीतिक दलबीच सैद्धान्तिक सहमति जुटेको छ । संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकले सैद्धान्तिक सहमति भएको बताएको हो ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए । बैठकपछि सञ्चारकर्मीसँग संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताएका हुन् ।

उनले सोमबार सरोकारवालासँग छलफल गरेपछि यसलाई अन्तिमरुप दिने बताए । नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले भने, “हामी यो विषयलाई अन्तिम रुप दिँदैछौँ । फाइनल गर्न सोमबारसम्म केही राय लिन्छौँ । त्यसपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ ।”

पीडितमैत्री सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उनको भनाइ छ । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका