जोडिनुहोस
  • होमपेज
  • जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय

जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय

जनकपुरधाम– मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकमा खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको जनमत पार्टीको सचिवालयले जानकारी दिएको छ । पार्टी प्रवक्ता डा शरद सिंह यादवका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेस सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा गरेको थियो । त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको छ ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सिंहलाई निर्देशन दिइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका