जोडिनुहोस
  • होमपेज
  • गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको स्वास्थ्यमन्त्रीको भनाइ

गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको स्वास्थ्यमन्त्रीको भनाइ

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् । वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् ।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा बिभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे ।

न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रुपमा अघि बढाउने गरि मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । उनले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि आग्रह गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका