जोडिनुहोस
  • होमपेज
  • घिमिरेदम्पतिद्वारा बालविकास समाजलाई एक करोड प्रदान

घिमिरेदम्पतिद्वारा बालविकास समाजलाई एक करोड प्रदान

काठमाडौं । प्रशासनविद् एवं समाजसेवी डा. हीरामणि घिमिरे र उनकी पत्नी सीतादेवी घिमिरेले खाँदबारीस्थित बालविकास समाजलाई सहयोगस्वरुप एक करोड रुपियाँ प्रदान गरेका छन् ।

घिमिरेले राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कामार्फत् समाजलाई उक्त रकम प्रदान गरेका हुन् ।

संस्थाले सो रकम मूलधन नमासिने गरी स्थानीय वाणिज्य बैंकमा राख्ने र सोबाट आर्जित ब्याज रकम बालबालिकाको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बालविकास समाजले आजैबाटै आफ्नो काम प्रारम्भ गरेको हो ।

संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज) र खाँदबारी बालविकास समाजको संयुक्त आयोजनामा भएको उक्त समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, पूर्व मुख्य सचिव डा. विमल कोइराला, का.म.पा. ४ नं वडा सदस्य सरु अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका