जोडिनुहोस
  • होमपेज
  • कृषि समिति सभापतिको निर्वाचन साउन १५ गते

कृषि समिति सभापतिको निर्वाचन साउन १५ गते

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन साउन १५ गतेका लागि तय गरिएको छ ।

आइतबार उपसभामुख इन्दिरा राना मगरले समितिको निर्वाचनको सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिइन् । नेपाली कांग्रेसकी सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेपछि कृषि समितिमा सभापतिको पद रिक्त छ ।

त्यस्तै, प्रतिनिधिसभाका केही सांसदको समिति हेरफेर भएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अर्थ समितिमा रहने भएका छन् । भानुभक्त जोशी कृषि, सहकारी तथा प्राकृतिक समिति, दीपक कार्की कृषि, सहकारी तथा प्राकृतिक समिति र धनबहादुर बुढा महिला तथा सामाजिक मामिला समितिमा पुगेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका