जोडिनुहोस
  • होमपेज
  • राजकिशोर यादवको प्रश्न– जहाज दुर्घटना कि हत्या, मृत्युमा पनि विभेद ?

राजकिशोर यादवको प्रश्न– जहाज दुर्घटना कि हत्या, मृत्युमा पनि विभेद ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनाबारे गम्भीर प्रश्न उठाएका छन् । उनले आज प्रतिनिधिसभा बैठकमा ‘जहाज दुर्घटना हो कि हत्या ?’ भन्दै प्रश्न गरे ।

“दुर्घटना हो कि हत्या हो ? त्यो दुर्घटना सामान्य होइन । ‘सी’ चेकका लागि काठमाडौंमा नै व्यवस्था भएको भए सायद दुर्घटना हुँदैनथ्यो होला । ‘सी’ चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न पाइँदैन । त्यसमा १९ जना कसरी अनबोर्ड भयो ? त्यसको जिम्मेवारी कसले लिने ?,” उनले प्रश्न गरे ।

उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे । यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्‌मा लुकाइएको भन्दै आपत्ति जनाए ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका यादवले ‘मृत्युमा पनि वर्गीय विभेद’ भएको भन्दै आपत्ति जनाए ।

“मृत्युमा पनि वर्गीय विभेद । बसमा दुर्घटना भएर मृत्यु हुनेको राज्यबाट बेवास्ता । तर, हवाइ जहाज दुर्घटनामा हुने खाने वर्गको मृत्यु हुँदा आधा झन्डा झुकाइएको, शोक मनाएको स्थिति छ । जनमानसमा नकारात्मक विमर्शको उठान भएको छ,” यादवले भने । उनले भविष्यमा यस्तो विभेद नगर्नसमेत आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका