जोडिनुहोस
  • होमपेज
  • पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

पोखरा । कास्कीको पोखरामा सोमबार बिहान भएको बस दुर्घटनामा एक विद्यार्थीको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटना भएको थियो ।

पोखरा–२१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटना हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । उक्त दुर्घटनामा घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२१, रामादीका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । प्रहरीका अनुसार, सोही विद्यालयमा सहयोगीका रूपमा कार्यरत ३३ वर्षीया आरती विकको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनीहरू आमाछोरा हुन् ।

दुर्घटनामा अरू २८ जना घाइते छन् । गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका