जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन समितिको बैठक जारी

सहकारी छानबिन समितिको बैठक जारी

काठमाडौँ– सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा जारी बैठकमा समतिले गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।

तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका