जोडिनुहोस
  • होमपेज
  • टर्कीका राष्ट्रपतिले दिए इजरायलमा घुस्ने चेतावनी, नेतान्याहूलाई हिटलरसँग तुलना

टर्कीका राष्ट्रपतिले दिए इजरायलमा घुस्ने चेतावनी, नेतान्याहूलाई हिटलरसँग तुलना

अंकारा । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले टर्की इजरायलमा छिर्न सक्ने बताएका छन् । आइतबार उनले टर्की यसअघि जसरी लिबिया र अजरबैजानको नार्गोनो काराबाखमा घुसेको थियो, त्यसैगरी इजरायलमा पनि पस्न सक्ने बताएका हुन् ।

उनले इजरायलमा कुन हिसाबले टर्की प्रवेश गर्छ भन्ने बारेमा भने प्रस्ट पारेनन् । इजरायलले गाजामा गरिरहेको हत्या प्रकरणको विरोध गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले देशको डिफेन्स इडस्ट्रीजको पनि सराहना गरे । अर्दोआनले भने, “हामी बहुत मजबुत हुन जरुरी छ, ताकि इजरायलले प्यालेस्टाइनलाई यस्तो घटिया हर्कत गर्न नसकोस् । जसरी हामी काराबाखमा घुस्यौँ, जसरी लिबियामा घुस्यौँ, हामी इजरायलको मामिलामा पनि यसो गर्न सक्दछौँ ।”

अर्दोआनको यो भनाइलाई लिएर इजरायली विदेशमन्त्री इजरायल कात्र्जले सद्दाम हुसेन र अर्दोआनको तस्बिर सोसल मिडियामा सार्वजनिक गर्दै लेखेका छन्, “अर्दोआन सद्दाम हुसेनको कदममा चलिरहेका छन् । अर्दोआनलाई याद दिलाऔँ, त्यहाँ के भएको थियो र कसरी अन्त्य भयो ।”

अर्दोआनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई हिटलरसँग तुलना गरेका थिए । उनले भने, “जसरी जनसंहार गर्ने हिटलरको अन्त्य भयो, त्यसैगरी जनसंहार गर्ने नेतान्याहूको पनि अन्त्य हुनेछ ।” बीबीसी हिन्दीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका