जोडिनुहोस
  • होमपेज
  • म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधासेनापतिलाई हटाइदिएँ : माधव नेपाल

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधासेनापतिलाई हटाइदिएँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली विद्यार्थी र युवापुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उनले उल्लेख गरे । उनले नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए ।

आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रूपमा प्रस्तुत भएको उनले सुनाए । उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले हटाउको जानकारी गराए । तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको उनको भनाइ थियो । उनका अनुसार, त्यति बेलासम्म नेपाली सेनामा महिला भर्ती गरिँदैन थियो ।

उनले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने पनि बताए । अनुशासित भए मात्र राम्रो जीवनयापन गर्न सकिनेमा उनले जोड दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका