जोडिनुहोस
  • होमपेज
  • भारतको केरलमा पहिरो : मृत्यु हुनेको संख्या ५६ पुग्यो

भारतको केरलमा पहिरो : मृत्यु हुनेको संख्या ५६ पुग्यो

केरल । भारतको केरल राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५६ पुगेको छ । सो राज्यको वायनाडमा मंगलबार बिहान पहिरो गएको हो ।

उद्धार कार्य भइरहे पनि भारी वर्षाको कारण प्रभावकारी हुन नसकेको जनाइएको छ । स्थानीय अस्पतालमा ७० जनाको उपचार भइरहेको र ठूलो संख्याका मानिस अझै फसेको हुनसक्ने अनुमान गरिएको छ ।

सो पहिरोमा एक वर्षीय नेपाली बालकको पनि मृत्यु भएको जनाइएको छ । स्थानीय चार वटा गाउँमा पहिरोले क्षति गराएको जनाइएको छ । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?