जोडिनुहोस
  • होमपेज
  • जनमतले भन्यो– चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक, हस्तक्षेप नेपाली जनताले सहँदैन

जनमतले भन्यो– चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक, हस्तक्षेप नेपाली जनताले सहँदैन

काठमाडौं । चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जाल एक्समा व्यक्त गरेको धारणाप्रति जनमत पार्टीले निन्दा गरेको छ ।

गएको असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाएको थियो । सोही कारण चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा गरेको हो । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पार्टी संसदीय दलको उपनेता अब्दुल खानले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए ।

“एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुखमा नुनचुक निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ,” उनले भने, “यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि देशको राजदूतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका