जोडिनुहोस
  • होमपेज
  • जनतामा जाने माओवादीको निर्णय, आगामी निर्वाचन एक्लै लड्ने

जनतामा जाने माओवादीको निर्णय, आगामी निर्वाचन एक्लै लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । गएको शुक्रबारदेखि आजसम्म चलेको पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले साउन २५ गतेका लागि बोलाइएको बताए ।

बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उनले आगामी निर्वाचनमा एक्लै जाने निष्कर्ष निकालिएको सुनाए ।

“गठबन्धन गर्दा अरु पार्टीको सन्तुलन मिलाउनुपर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, कार्यदिशा लाने मौका मिलेको थिएन । जनतामा जाने सुवर्ण अवसर हो । वर्गसँगको कडी टुटेको जस्तो भएको छ । जनतामा जाने निर्णय गरेका छौँ,” उनले भने । त्यस्तै, बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका