जोडिनुहोस
  • होमपेज
  • भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका

भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका

भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन् ।

मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो । उद्धार कार्य जारी छ तर भारी वर्षाका कारण तथा एक पुल भत्किदा उद्धार कार्यमा अवरोध भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सेनाले खोज र उद्धार कार्यमा सुरक्षा बललाई सहयोग गर्न दुई सयभन्दा बढी कर्मचारीलाई सो क्षेत्रमा खटाएको छ । कम्तीमा सय सय जना घाइतेको उपचार गरिरहेका स्थानीय अस्पतालहरूले जनाएका छन् । २ सय ५० जनालाई उद्धार गरिएको समाचार छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका