जोडिनुहोस
  • होमपेज
  • पुरुष फुटबल क्वार्टरफाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्दी फ्रान्स

पुरुष फुटबल क्वार्टरफाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्दी फ्रान्स

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिनाले घरेलु टिम फ्रान्सलाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।

मंगलबार राति भएको खेलमा न्युजिल्यान्डविरुद्ध ३–० को जितसहित समूह ‘ए’ को विजेता बनेपछि फ्रान्सले सेमिफाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो ।

मंगलबार नै भएको समूहचरणको अन्तिम खेलमा अर्जेन्टिनाले युक्रेनविरुद्ध २–० को जित निकालेको थियो । तर, पहिलो खेलमा मोरोक्कोसँगको हारका कारण अर्जेन्टिना समूह उपविजेता बनेको हो ।

समूह ‘बी’ को विजेता मोरोक्कोले नकआउट चरणमा समूह ‘ए’ को उपविजेता अमेरिकासँग खेल्नेछ । समूह ‘सी’ को विजेता इजिप्टले समूह ‘डी’ को उपविजेता पराग्वेसँग अन्तिम–८ मा प्रतिस्पर्धा गर्नेछ ।समूह ‘डी’को विजेता जापानले समूह ‘सी’ को उपविजेता स्पेनसँग खेल्ने छ । क्वार्टरफाइनल खेल सबै अगस्ट २ मा हुनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका