जोडिनुहोस
  • होमपेज
  • भोजपुरमा बाढीले बगाएका हाइड्रोमा कार्यरत दुबै मजदुरको शव फेला

भोजपुरमा बाढीले बगाएका हाइड्रोमा कार्यरत दुबै मजदुरको शव फेला

काठमाडौं। बाढीले बगाएर बेपत्ता भएका अर्का मजदुरको शव फेला परेको छ।

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन ईखुवा खोलाको ईखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका–३ का ३२ वर्षिय श्याम कुमार थारुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

षडानन्द नगरपालिका स्थित अरुण नदीको सतिघाट किनारमा रमेशको शव फेला परेको थियो भने श्यामको सोही नगरपालिकाको वडा नम्वर १ मझुवा स्थित नदी किनार नजिकै शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बाढीमा परेका २६ वर्षिय राम किसन थारुको भने उद्धार गरिएको थियो । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रोपावरमा कार्यरत तीनै जना मजदुरहरुलाई बाढीले बगाएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका