जोडिनुहोस
  • होमपेज
  • गाजामा बढ्दो गतिविधि रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

गाजामा बढ्दो गतिविधि रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

मध्यपूर्वका सबै पक्षलाई गाजामा बढ्दो गतिविधि रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गरेका छन् । इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो ।

इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमान्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियाको मृत्यु भएको थियो । सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित लडाकु समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका बेला यी हत्याहरू भएका हुन् ।

इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । मङ्गोलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको बताएका हुन् ।

बुधबार सिंगापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेका थिएनन् । इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियाको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका