जोडिनुहोस
  • होमपेज
  • ‘असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ’

‘असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असीमित ज्ञान र विचारहरूलाई एक ठाउँमा जोड्न सके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन् । यसका लागि असीमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि बताइन् ।

शुक्रबार काठमाडौंमा आयोजित किताब जात्राको छैटौँ संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने धारणा राख्दै यस्तो अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व रहेको बताइन् ।

उनले भनिन्,‘सीमित ज्ञानले मानिसको सोचाइलाई सीमित बनाउँछ । जति असीमित ज्ञान र विचारहरूलाई एक ठाउँमा जोड्न सक्छौ, त्यसले हरेक मानिसको जीवनलाई फराकिलो बनाउँछ । यस्ता अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व हो । एउटा व्यक्तिले आफ्नो ज्ञानलाई फराकिलो बनाउँछु भन्दा राज्य र सरकारले त्यो उपलब्ध गराउनुपर्ने दायित्व हो । त्यसमा लाग्ने प्रतिबद्धता पनि जनाउँछु ।’

उनले केही कमाइँदै कमाइँदैन भने किन पढ्न ? भन्ने भाष्य निर्माण भइरहेको भन्दै उनले स्थापित मान्यतालाई नयाँ ढंगले परिष्कृत गर्न किताब जात्रा कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका