जोडिनुहोस
  • होमपेज
  • हत्या आरोपमा एक जना पक्राउ

हत्या आरोपमा एक जना पक्राउ

मोरङ– उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको आरोपमा सोही नगरपालिका-५ बस्ने सुभाष तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुभाषले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभाषलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका-४ बलियाबाट पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका