जोडिनुहोस
  • होमपेज
  • टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन् ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले विगतमा पनि पटक–पटक टीआरसीको अन्तरवस्तुमा सहमति भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताएका हुन् । उनले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको बताए ।

महासचिव गुरुङले सहमति कार्यान्वयन गर्नका लागि दलहरूलाई आग्रह समेत गरे । उनले टीआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।

उनले भने, ‘टीआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७÷१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने । सहमति गर्ने फेरि उल्टिने, सहमति गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७÷१८ वर्ष बित्यो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’ महासचिव गुरुङले माओवादी केन्द्र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका