जोडिनुहोस
  • होमपेज
  • योजना एकातिर बजेट अर्कोतिर हुन दिनौँ : मुख्यमन्त्री कार्की

योजना एकातिर बजेट अर्कोतिर हुन दिनौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन् । योजना एकातिर बजेट अर्कोतिर हुने परिपाटीलाई अन्त्य गर्न यस्तो गर्न लागिएको कार्कीको भनाइ छ ।

प्रदेश योजना आयोगद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले भने, “हामीले योजना एकातिर र बजेट अर्कोतिर हुने परिपाटी अन्त्य गर्न योजना बैंक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौँ । आगामी दिनमा त्यस्तो हुन दिँदैनौँ ।”

योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । योजनाहरू कार्यान्वयनमा प्रदेशसभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदार र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गरिने सुनाए ।

मुख्यमन्त्री कार्कीले प्रदेश स्थापना भएको अवधिमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भए पनि यसको प्रचार गर्न नसक्दा प्रदेशप्रति वितृष्णा फैलाइएको दाबी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका