चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताए ।
अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको डा। पौडेलले बताए । ‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा।पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’ अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४र१५ जना बिरामीको एमआरआई हुँदै आएको डा। पौडेलले बताए ।जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।