जोडिनुहोस
  • होमपेज
  • थापाथलीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

थापाथलीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

काठमाण्डौको थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाइते भएका छन् । माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश ०१ ००१ क २५१९ नम्बरको ट्याङ्करले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको ज्यान गएको हो । मोटरसाइकल चालक ६९ वर्षका ध्रुबराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका