जोडिनुहोस
  • होमपेज
  • चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍यो

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍यो

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको लागि दोहोरो नियन्त्रण प्रणालीको स्थापनाको कार्य योजना जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कार्ययोजनाको चीनले आउँदो पाँच वर्षमा आफ्नो आर्थिक विकासमा कार्बन उत्सर्जनलाई महत्वपूर्ण कारकको रूपमा लिने अपेक्षा बढाएको छ ।

पेरिस सम्झौताको जलवायु लक्ष्यसँग मेल खाने गरी चीनले आफ्नो उत्सर्जनलाई सन् २०३५ सम्ममा ३० प्रतिशतले घटाउनुपर्छ । कार्बन उत्सर्जनको दोहोरो नियन्त्रण भनेको जीडीपीको प्रति इकाई कार्बन उत्सर्जनको तीव्रता र कुल कार्बन उत्सर्जन नियन्त्रण गर्नु हो । कार्य योजनाले सन् २०२६ देखि २०३० सम्म कार्वन उत्सर्जन नियन्त्रणमा केन्द्रित रहेर दोहोरो नियन्त्रण प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ ।

चीनले सन् २०२० देखि २०२५ सम्मको योजनामा कार्बन उत्सर्जनको तीव्रतामा १८ प्रतिशतले कमी ल्याउने लक्ष्य छ । तर, कोरोना महामारी र अन्य समस्याले यो लक्ष्य प्राप्तीमा ढिलाइ भएको छ । चीनमा स्वच्छ ऊर्जाको तीव्र विकासले कार्बन उत्सर्जनको तीव्रता घटाउने आधार भने तयार गरेको छ । पछिल्ला महिनामा बढिरहेको विद्युत उत्पादनले बिजुलीको मागमा भएको वृद्धिलाई पूरा गरेको छ । यसले गर्दा कोइला र ग्यासबाट उत्पादित बिजुलीको प्रयोगमा कमि ल्याएको छ ।

यस्तै, रियल इस्टेट क्षेत्रमा आएको गिरावटका कारण सिमेन्ट र फलाम उद्योगको उत्पादन पनि घट्दै गएको छ । चीनले विद्युत क्षेत्र र अन्य उद्योगमा जीवाश्म ईन्धनको प्रयोग कम गर्दै स्वच्छ ऊर्जाको विकासलाई गति दिन आवश्यक रहेको पटक–पटक दोहोर्‍याइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका