जोडिनुहोस
  • होमपेज
  • प्राविधिकहरूको टोलीसहित ‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री

प्राविधिकहरूको टोलीसहित ‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फाष्ट ट्रयाक अनुगमनमा निस्किएका छन् ।

प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण थालेका हुन् । प्रधानमन्त्री ओली सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर फाष्ट ट्र्याकको निरीक्षणमा निस्किएका हुन् ।

फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ । मुख्य सल्लाहकार रिमालका अनुसार ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाइ र कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका