जोडिनुहोस
  • होमपेज
  • काभा महिला भलिबल – नेपाल र माल्दिभ्सको खेल आज

काभा महिला भलिबल – नेपाल र माल्दिभ्सको खेल आज

काभा महिला भलिबल लिगमा समूह चरणको अन्तिम खेलमा आज दुई वटा खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलङ्का तथा दोस्रो खेलमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्स खेल्दैछन् ।

यो खेलपछि सेमिफाइलनमा कुन कुन देश प्रतिस्पर्धा गर्ने भन्ने टुङ्गो लाग्नेछ । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लिग चरणका चार वटै खेल खेलिसकेको इरानको सात अङ्क छ । त्यस्तै तीन खेल खेलेको भारतको पनि सात अङ्क छ । तीन खेल खेलेको नेपालको ६ अङ्क छ भने श्रीलङ्काको चार अङ्क छ । माल्दिभ्सले अङ्क जोड्न सकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका