जोडिनुहोस
  • होमपेज
  • शेख हसिना भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा

शेख हसिना भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि त्यहाँको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । त्यहाँका सेना प्रमुख जनरल वकारले सोमबार देशबासीलाई सम्बोधनका क्रममा अब अन्तरिम सरकारको स्थापना हुने घोषणा गरे ।

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पद छाडेसँगै भागेर भारतको अगरतला शहरतर्फ हेलिकप्टरमा निस्किएकी छन् । शेख हसिनाविरुद्ध बंगलादेशका विद्यार्थीले करिब २ महिनादेखि आन्दोलन गरिरहेका थिए । यो आन्दोलन हिंस्रक हुँदै जाँदा मारिनेको सख्या ३ सय नाघेको थियो ।बंगलादेशमा हजारौँ विद्यार्थीले शेख हसिना सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन् । आइतबार भएको प्रदर्शनका क्रममा कम्तीमा ९० जना मारिएका थिए । बंगलादेशमा केही प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा पसेका थिए । त्यससँगै हजारौँ प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा ढुंगामुढा गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका