जोडिनुहोस
  • होमपेज
  • शेयर बजार ४० अङ्कले बढ्यो, २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार

शेयर बजार ४० अङ्कले बढ्यो, २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार

शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर दुई हजार सात सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा २८ सय विन्दु पुगेकोमा बजार बन्द हुने बेलामा केही अङ्कले घटेको हो ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । आज तीन सय २६ वटा कम्पनीका चार करोड ९७ लाख कित्ता शेयर २१ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै एक अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका