जोडिनुहोस
  • होमपेज
  • बंगलादेशमा ज्यान जोगाउन चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय

बंगलादेशमा ज्यान जोगाउन चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय

बंगलादेशमा सोमबार प्रदर्शनकारीहरूले धानमन्डीस्थित ‘बंगबन्धु स्मृति जादुघर’ मा तोडफोड र आगजनी गरेका छन् । बंगलादेशको राजशाही जिल्लामा शेख हसिनाको पार्टी अवामी लीगको विरासतलाई सजाएर राखिएको यो संग्रहालयमा आगो झोसिएको हो । यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजीबुर्रहमानको तस्बिर पनि प्रदर्शनकारीहरूले जलाइदिएका छन् । उता प्रहरी कार्यालयमा पनि भिडले हमला गरिरहेको छ । त्यसका कारण प्रहरी पनि चौकी छाडेर भागिरहेका छन् ।

बंगलादेशको राजधानी ढाकास्थित जतराबाडी, बड्डा, मोहम्मदपुर, अदाबारसमेत कयौँ पुलिस स्टेशनमा सोमबार रातभर हमला र लुटपाट भएको छ। सोमबार कयौँ चौकीमा आक्रमण भयो । कयौँ स्थानमा आक्रोशित भिड र प्रहरीबीच झडप भएको छ। केही चौकीबाट प्रहरी नै भागेका छन् । मंगलबार बिहान बीबीसी बंगलाका संवाददाता मोहम्मदपुर प्रहरी चौकी पुगेर हेर्दा कार्यालय जलेर खरानी भएको देखिएको थियो । पुलिस चौकीका केही कोठाबाट धुवाँको मुस्लो देखिएको थियो । पुलिस चौकी परिसरमा जलिरहेका कागज र फर्निचर मात्रै थिए । चौकीभित्रबाट पंखा, कुर्सी, टेबलसमेत सबै सामान लुटिएको थियो । सुरक्षा संकटका कारण आइतबार चौकीका तैनाथ प्रहरी भागेर सुरक्षित स्थानतिर लागेका थिए । मोहम्मदपुर चौकीकमा एकजना असईले बताएअनुसार कार्यालयभित्रका सबै हतियार, गोला बारुद पनि लुटेर लगिएको छ। समाचार अनुसार आइतबार राति नै चौकीमा राखिएका गाडी, मोटरसाइकल र चौकीभित्रका सामान पनि लुटिएको हो । यो चौकीमा अहिले एकजना पनि प्रहरी छैनन् । सोमबार बड्डा र भटारा चौकीमा पनि आक्रमण गरियो । आगो लगाइएपछि चौकी जलेर खरानी भएको छ। चौकीबाहिरका गाडीसहितका सामान र भित्र राखिउका सामान सबै जलाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका मात्रै ५० भन्दा धेरै चौकीबाट प्रहरी भागेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका