जोडिनुहोस
  • होमपेज
  • पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने

पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने

गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ। ब्राजिलको जितका लागि खेलको छैटौँ मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन् पहिलो हाफको अतिरिक्त समयमा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।

पहिलो हाफमा २–० ले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ७१औँ मिनेटमा अग्रतालाई फराकिलो बनाइन्। खेलको ८५औँ मिनेटमा सलमा पारल्युलोले गोल गर्दै स्पेनलाई ३–१ को अवस्थामा पुर्‍याइन्। तर, ब्राजिलले क्यारोलले गोल गर्दै खेलमा आफ्नो विजयी सुनिश्चित गरिन्। थपिएको १२औँ मिनेटमा स्पेनकी सलमाले अर्को गोल गरे पनि जितका लागि पर्याप्त भएन।

गएराति नै भएको पहिलो सेमिफाइनलमा त्यस्तै अमेरिकाले जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। सन् २०१६ को रियो ओलम्पिकको च्याम्पियन जर्मनीलाई हराउन खेलको ९५औँ मिनेटमा अमेरिकी २३ वर्षीया फरवार्ड एस स्मिथले निर्णायक गोल गरिन्।

अमेरिका सन् २०१२ मा फाइनलमा प्रवेश गरेको थियो। १२ वर्ष पछि अमेरिकाले महिला फुटबलमा स्वर्ण पदकका लागि खेल्न लागेको हो।

अब महिला फुटबलको फाइनल खेल अगस्ट १० मा हुनेछ। त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन्। यो खेल अगस्ट ९ मा हुने छ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका