जोडिनुहोस
  • होमपेज
  • रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला

रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला

रौतहट। रौतहटस्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका–४ का सर्वजीत रायको छोरा १६ वर्षीय सचिन कुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा फेला परेको हो।

गत आइतबार अपरान्ह ४ बजे लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए।

घटनाको खबर लगत्तै सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टरको टोलीले मङ्गलबार अबेर बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको हो।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका