जोडिनुहोस
  • होमपेज
  • एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटनास्थलमा आगलागी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका