जोडिनुहोस
  • होमपेज
  • प्रशान्त क्षेत्रमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई अस्ट्रेलियाको आग्रह

प्रशान्त क्षेत्रमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई अस्ट्रेलियाको आग्रह

अस्ट्रेलियाले प्रशान्त महासागरीय टापुमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई आग्रह गरेको छ । अस्ट्रेलियाका प्रशान्त क्षेत्र मामिला मन्त्री प्याट कोनरोयले चीन र पश्चिमा देशबीच स्थायी प्रतिस्पर्धाको अवस्था रहेको स्वीकार गर्दै प्रशान्त टापु राष्ट्रहरूका लागि जाने नयाँ आर्थिक अवसरहरू हस्तक्षेपकारी भूमिकामा हुन नहुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले दिइरहेको सहायता थप पारदर्शी हुनुपर्ने र पूर्वाधार परियोजनाहरूलाई प्रशान्त क्षेत्रका लागि स्थानीय रोजगारी, सीप र खरिद बढाउने अवसरको रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

सन् २०२२ मा सोलोमन टापुसँग चीनले गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो । चीनले केही महिनाअघि सोलोमन टापुको बजेटमा दुई करोड अमेरिकी डलर लगानी गर्नेलगायत प्रभाव–निर्माण प्रयासहरूको आफ्नै झुकाव शुरू गरेको छ ।

विशाल तर कम जनसङ्ख्या भएको दक्षिण प्रशान्त क्षेत्र हुँदै धेरै महत्त्वपूर्ण सामुद्रिक मार्गहरू जान्छन् । यो ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा जाने सम्भावित महत्त्वपूर्ण प्रवेशद्वार हो । यस क्षेत्रमा जबरजस्ती लगानी हुँदा यसले भविष्यमा द्वन्द्वको सिर्जना गर्नसक्ने अस्ट्रेलियाको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका