जोडिनुहोस
  • होमपेज
  • नेपालमा हालसम्म ४० हेलिकप्टर दुर्घटना, ९७ जनाले गुमाए ज्यान

नेपालमा हालसम्म ४० हेलिकप्टर दुर्घटना, ९७ जनाले गुमाए ज्यान

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा बुधबार हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुवेशीतर्फ जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोल एटीसीबाट सम्पर्कविहीन बनेको थियो ।

यो सँगै नेपालमा हालसम्म विभिन्न समयमा गरी ४० वटा हेलिकप्टरहरू दुर्घटनामा परिसकेका छन् । विभिन्न कम्पनीका अहिलेसम्म भएका हेलिकप्टर दुर्घटनामा ९७ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलोपटक करिब ४५ वर्षअघि वि।सं। २०३६ पुस १२ गते ९२७ डिसेम्बर १९७९० मा हेलिकप्टर दुर्घटनामा परेको थियो । भीभीआईपी उडानमा निस्किएको ‘नाइन एन–आरएई’ कलसाइन भएको उक्त हेलिकप्टर रसुवाको लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

पहिलो हेलिकप्टर दुर्घटना भएको २७ वर्षपछि ताप्लेजुङको घुन्सामा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा ठूलो मानिन्छ । श्री एयरलाइन्सको नाइन एन–एएचजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए ।

२०६३ असोज ७ मा भएको उक्त दुर्घटनामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। हर्क गुरुङ, वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा। दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल लगायतको ज्यान गएको थियो ।

११ जनाको ज्यान जानेगरी सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटना नेपालको उड्ययन विगतमा दोस्रो ठूलो हेलिकप्टर दुर्घटना हो । ०५९ असोज १४ गते एसियन एयरलाइन्सको नाइन एन–एसीयू कलसाइनयुक्त हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

यो पनि-

विमान दुर्घटनाको नालीबेली स् ७० दुर्घटना, ९६४ जनाको मृत्यु

२०७५ फागुन १५ मा ताप्लेजुङको पाथिभरामा एयर डाइनेष्टीकै नाइन(एन(एएमआई कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

अहिलेसम्म भएको ४० हेलिकप्टर दुर्घटनामध्ये १९ घटनामा भने कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरणको तथ्यांकले देखाउँछ । बाँकी २१ वटा हेलिकप्टर दुर्घटनामा कम्ति एकदेखि बढीमा २४ जनासम्मको ज्यान गएको छ ।

यसअघि ०८० असार २६ गते मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको छोलिङल लामजुरामा दुर्घटनामा परेको थियो । नाइन एन–एएमभी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका