जोडिनुहोस
  • होमपेज
  • मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै

मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै

पाल्हीनन्दन । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेका छन् । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए ।

सात लाख रुपैयाँको लागतमा छ कट्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए । यस वर्ष बजारीकरणमा कुनै समस्या आएन भने सात लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

जिल्लामा सात जना किसानले व्यावसायिक रूपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रूपमा खेती गर्न थालेका बताए । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका