काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
नेपालका परराष्ट्र सचिव सुश्री सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिश्रीले नेपालको अगस्ट ११ देखि दुईदिने नेपालको औपचारिक भ्रमणमा गर्नेछन् ।
विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र भारतले आफ्नो छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको कुरालाई झल्काउँनेछ ।
परराष्ट्र सचिवको यो भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने अवसर सिर्जना गर्नेछ ।