जोडिनुहोस
  • होमपेज
  • बंगलादेश प्रहरीले भन्यो, ’नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ’

बंगलादेश प्रहरीले भन्यो, ’नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ’

काठमाडौं। बंगलादेशका प्रहरीले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ। विद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परे पछि प्रहरी चौकी छाडेर हिँडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो।

प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ।

उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत  ओस लाई दिइएको हो।

प्रहरी प्रधान कार्यालयले शनिबार राती जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’समितिको मुख्य उद्देश्य शान्ति सुव्यवस्थामा जनसहभागिता बढाउनु हुने छ।’ यसका लागि समितिहरूले कार्ययोजना बनाएर अनुगमन तथा मूल्याङ्कन गतिविधि सञ्चालन गर्नेछन्।

कानुन प्रवर्तन एजेन्सी र समिति सदस्यहरू सम्मिलित संयुक्त गस्ती मार्फत हिंसा, चोरी, डकैती र अपहरण रोक्न उपायहरू लागू गरिने छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका