जोडिनुहोस
  • होमपेज
  • सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

काठमाडौं। सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो।

स्थापितको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए।

स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका