जोडिनुहोस
  • होमपेज
  • मोरङको सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या

मोरङको सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या

विराटनगर। अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो।

हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ।

सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ। खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका