जोडिनुहोस
  • होमपेज
  • इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ

इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ

काठमाडौं। झापाबाट प्रहरीले इटालियन पेस्तोलसहित एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर छन्। उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

उनीको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

बिहान दमक नगरपालिका–५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका