जोडिनुहोस
  • होमपेज
  • इजरायलले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

इजरायलले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म १ दशमलव ८ प्रतिशत जनसङ्ख्या मारिएका प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ । मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ । इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ । गाजाविरुद्धको इजरायल युद्धमा कम्तीमा ३९ हजार ७ सय ९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका